काठमाडौं। सरकारले उपभोक्तालाई सही मूल्य जानकारी उपलब्ध गराउँदै बजारमा पारदर्शिता बढाउन ‘मूल्य पारदर्शीता सप्ताह’ मनाउने घाेषणा गरेकाे छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले वैशाख २८ देखि जेठ ३ गतेसम्म ‘मूल्य पारदर्शिता सप्ताह’ मनाउन लागेकाे हाे ।
मन्त्रालयले मूल्य पारदर्शिता कायम गर्न देशभर ‘मूल्य पारदर्शिता सप्ताह’ मनाउन सम्बन्धित सरोकारवाला निकायहरूलाई आग्रह गरेको छ ।
मन्त्रालयले उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, महिला उद्यमी महासंघ, नेपाल घरेलु तथा साना उद्योग महासंघ र नेपाल उद्योग तथा व्यवसायी महासंघलाई पत्राचार गर्दै वैशाख २८ देखि जेठ ३ गतेसम्म ‘मूल्य पारदर्शिता सप्ताह’ मनाउन आग्रह गरेको हो ।
सप्ताह अवधिमा उद्योग, पैठारीकर्ता, सप्लायर्स, खुद्रा विक्रेता लगायत सम्पूर्ण सेवाप्रदायक क्षेत्रका सम्बन्धित छाता सङ्गठनले आफू मातहतका व्यापारी, व्यावसायीले उपलब्ध गराउने वस्तु तथा सेवाको अनिवार्य रूपले मूल्यसूची सबैले देखे गरी राख्न आग्रह गरेकाे छ ।
