काठमाडौँ । ज्यान मार्ने उद्योगका एक जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।
उदयपुर इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरी टोलीले ४४ वर्षीय प्रेम मगरलाई बुधवार पक्राउ गरेको हो । प्रहरीका अनुसार मगरलाई उदयपुर जिल्ला अदालतको फैसलाले ज्यान मार्ने उद्योग मुद्दामा ५ वर्ष कैद सजाय तोकिएको थियो ।
पक्राउ परेका निजलाई फैसला कार्यान्वयनको लागि उदयपुर जिल्ला अदालत बुझाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।