काठमाडौँ । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका-७ घुमाउनेमा रोशी खोलामा आएको बाढीले फसेका यात्रुहरूको सकुशल उद्धार गरिएको छ।
सोमबार साँझदेखि परेको निरन्तर वर्षाले खोलाको बहाव ह्वात्तै बढेपछि पाँच वटा माइक्रो बस बीच भागमै अड्किएका थिए।
ती सवारीमा रहेका ८९ जना यात्रुहरूलाई नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले मंगलबार बिहान उद्धार गरेको हो । उद्धारपछि सबै यात्रुहरूलाई सुरक्षित गन्तव्यतर्फ पठाइएको नेपाल प्रहरीले जनाएको छ ।