काठमाडौँ – नेपाली बजारमा आइतवार सुनको मूल्य बढेको छ ।
सुन प्रतितोला २ हजार ७ सय रुपैयाँले बढेर आज प्रतितोला २ लाख ९९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रवार भने सुन प्रतितोला २ लाख ९६ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी, चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदीको मूल्य प्रतितोला ४ हजार ९ सय ९५ रुपैयाँ कायम भएको छ । शुक्रबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।