काठमाडौं – सर्वोच्च अदालतको फैसलापछि पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले आफूनिकटका नेताहरूलाई छलफलमा बोलाएका छन्।
पार्टीको आधिकारिकता विवादमा खड्काले दायर गरेको रिट खारेज गर्दै सर्वोच्चले गगन थापा नेतृत्वको कार्यसमितिलाई मान्यता दिएको थियो।
सर्वोच्चको फैसलापछि आगामी रणनीतिबारे छलफल गर्नको लागि ४ बजे खड्का निवासमा छलफल हुन लागेको नेता डा प्रकाशशरण महतले बताए।
पूर्वसभापति शेरबहादुर देउवानिकट नेताहरू विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, प्रकाशशमान सिंह, शशांक कोइरालालगायत नेताहरू सर्वोच्चको फैसलाप्रति सन्तुष्ट छैनन्।