काठमाडौँ – नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा तीन हजार एक सय रुपैयाँले बढेर दुई लाख ९९ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबार सुन तोलामा दुई लाख ९६ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा १६५ रुपैयाँले बढेर पाँच हजार ६५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । सोमबार चाँदी तोलामा चार हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो ।