काठमाडौं, १५ असोज । भिसा अवधी सकिएपछि पनि ग्रैहकानूनी रुपमा नेपालमा बसिरहेका पन्ध्र बंगलादेशी नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ठमेल तथा सोह्रखुट्टे एरियाबाट हिजो (सोमबार) उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजी कुमार आचार्यले नियन्त्रणमा लिइएका बंगलादेशी नागरिकलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि अध्यागमन विभाग, कालिकास्थान काठमाण्डौमा पठाईएको केटिएम दैनिकलाई बताए ।
पक्राउ परेका मध्ये केही व्यक्तिहरू शंकास्पद गतिविधिहरुमा संलग्न रहेको प्रहरीको भनाई छ ।