काठमाडौं, ३ भाद्र । धर्मगुरु पुष्कर खतिवडा धरौटीमा छुटेका छन् ।
काठमाडौँ जिल्ला अदालतको आदेश अनुसार आफूलाई धर्मगुरु दाबी गर्ने खतिवडा २५ हजार धरौटीमा रिहा भएका हुन् ।
नेताहरुको मृत्युको कामना गर्दै यज्ञ गरेपछि गत साउन १४ गते उनी मण्डिखाटारबाट पक्राउ परेका थिए ।
खतिवडाले सामाजिक सञ्जाल फेसबुकमार्फत लाइभ गरेर नेताहरुको मृत्युको कामनासहित आयोजित यज्ञमा सहभागी हुन आह्वान गरेका थिए ।