एजेन्सी , २ भाद्र । सोसल मिडिया प्लेटफर्म एक्सले ब्राजिलमा तत्कालदेखि लागु हुने गरी आफ्नो सञ्चालन बन्द गर्ने घोषणा गरेको छ ।
ब्राजिलमा रहेका आफ्ना कानुनी प्रतिनिधिलाई सेन्सर सीप आदेशहरूको पालना नगरेमा पक्राउ गर्ने धम्की दिएको आरोप लगाउँदै एक्सले ब्राजिलमा आफ्नो अप्रेसन बन्द गर्ने घोषणा गरेको जनाएको छ ।
ब्राजिलमा अहिले अदालतको आदेशपछि एक्समाथि प्रतिबन्ध लगाइएको छ भने निजी जानकारी सरकारलाई दिनुपर्ने सर्त अगाडी सारिएको छ ।
ब्राजिलमा आफ्नो कार्यालय बन्द रहे पनि ब्राजिलका जनताका लागि एक्स भने उपलब्ध हुने कम्पनीले उल्लेख गरेको छ ।