सप्तरी, ३२ श्रावण । पूर्व पश्चिम राजमार्गअन्तर्गत सप्तरीमा आज ट्याङ्करको ठक्करबाट दुई जनाको निधन भएको छ ।
आज दिउँसो १२:४० बजेको समयमा कञ्चनपुरबाट भारदह तर्फ जाँदै गरेको को १ ख ७४१४ नम्बर को डिजेल लोड गरेको ट्याङ्कर र विपरीत दिशाबाट आउँदै गरेको प्र १-०२-०४७ प १२८० को मोटरसाइकल कन्चनरुप-१० बदगामा ठक्कर खाएका थिए ।
उक्त दुर्घटनामा मोटरसाइकल चालकको घटनास्थलमै र त्यसमा सवार यात्रुको उपचारको क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) ढुण्डीराज नेउपानेले बताए ।
डिएसपी न्यौपानेका अनुसार दुर्घटनामा परेर मोटरसाइकल चालक सुनसरी हरिनगर गाउँपालिका-३ बस्ने वर्ष अन्दाजी ४१ को महेश कुमार मेहता र यात्रु सोही स्थानका जय प्रकाश मेहताको निधन भएको हो ।
घाइते भएका यात्रुको गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा निधन भएको प्रहरीले जनाएको छ ।
ट्याङ्कर चालक पनि घाइते भएका छन् । घाइते चालक सिरहा कर्जना नगरपालिका-३ घर भएका ३२ वर्षीय मिथलेश यादबको धर्मेश्व अस्पताल ठेलियामा उपचार भई रहेको छ ।
उनको अवस्था खतरामुक्त रहेको बताइएको छ ।