सिन्धुली, २९ श्रावण । सिन्धलीको हरिहरपुरगढी-७ पन्चचौरीमा छोराले बन्चरोले हानेर बाबुको हत्या गरेका छन् ।
सोमबार राती ८:३० बजे ५८ वर्षका लाल बहादुर घिमिरे (बि.क.) लाई उनका माईला छोरा २१ वर्षका अमृत घिमिरे (बि.क.) ले बन्चरो प्रहार गरेका थिए ।
बाबु सुतिरहेको स्थानमा बन्चरो प्रहार गर्दा लाल बहादुरको घटनास्थलमै निधन भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका सह-प्रवक्ता प्रहरी निरीक्षक केशव कुमार कट्वालले केटिएम दैनिकलाई बताए ।
घटनास्थलमा प्रहरी चौकी क्यानेश्वरबाट प्रहरी अधिकृतसहित टोली पुगेर बन्चरो प्रहार गर्ने अमृत घिमिरे (बि.क.) लाई बन्चरो सहित नियन्त्रणमा लिईएको प्रहरी निरीक्षक कट्वालले बताए ।
मृतकको शव पोस्टमार्टमको लागि जिल्ला अस्पताल लगिएको र घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।