कैलाली, १५ साउन । मान्छे मारेर फरार भएका व्यक्ति घटना भएको २० वर्षपछि पक्राउ परेका छन् ।
कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त भजनी नगरपालिका-८ बस्ने ४७ वर्षीय लल्लन जागालाई घटनाको २० बर्ष पछि प्रहरीले मंगलबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी निरिषक गंगा दत्त बडुले जानकारी दिए ।
२०६१ जेठ ३० गतेदेखि कर्तव्य ज्यान मुद्दामा संलग्न रही फरार रहेका लल्लनलाई ईलाका प्रहरी कार्यालय राजापुर बर्दियासँगको समन्वयमा बर्दिया मधुबन नगरपालिका-४ ढोडरी बजारस्थित बेलुवा चोकबाट पक्राउ गरिएको प्रहरी निरीक्षक बडुले बताए ।
पक्राउ परेका जागालाई आवश्यक कारबाहीको लागि ईलाका प्रहरी कार्यालय भजनीको हिरासत कक्षमा राखिएको छ ।