![प्रहरीमा जागिर लगाई दिने भन्दै ठगी](https://ktmdainik.com/wp-content/uploads/2024/05/Police-Jagir.jpg)
मोरङ । प्रहरीमा जागिर लगाई दिन्छु भनि ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा मोरङ कटहरी गाउँपालिका-३ बस्ने ४५ बर्षीय पन्चु पासवान रहेका छन् ।
पासवानले स्थानीय सम्पतलाल झागडको छोरा राज कुमार उराँवलाई नेपाल प्रहरीको कार्यालय सहयोगी पदमा जागिर लगाई दिन्छु भनेर तीन लाख ३० हजार नगद लिएका थिए ।
रकम दिएतापनि प्रहरीमा जागिर नभएपछि झागडले प्रहरीलेमा उजुरी गरेका हुन् ।
उजुरीपश्चात जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले पासवानलाई पक्राउ गरेको हो ।
जिल्ला अदालतबाट पाँचदिनको म्याद थप गरी थप अनुसन्धान कार्य भई रहेको मोरङ प्रहरी प्रवक्ता डिएसपी ज्ञानेन्द्र बहादुर बस्नेतले जानकारी दिए ।