ओखलढुंगा – ओखलढुंगामा रास्वपा उम्मेदवार विश्वराज पोखरेल विजयी भएका छन्।
रास्वपा उम्मेदवार पूर्वएआइजी पोखरेलले १३ हजार ९ सय ५३ मत मत ल्याएका हुन्।
यहाँ ५ मतले नेपाली कांग्रेसका उम्मेदवार पराजित भए।
कांग्रेसका उम्मेदवार कुमार लुइँटेलले १३ हजार ९ सय ४८ मत ल्याएका छन्।
यहाँ नेकपाका उम्मेदवार अम्विरबाबु गुरूङले ११ हजार २ सय ९६ मत ल्याए।