
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नगर प्रमुख र प्रशासकीय अधिकृतविरुद्धको मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।
बुधबार आयोगले महोत्तरीको जलेश्वर नगरपालिकाका नगर प्रमुख सुरेश साह सोनार र प्रशासकीय अधिकृत मित्रलाल ढकालविरुद्धको मुद्दा सर्वोच्चमा पुनरावेदन गरेको हो ।
उनीहरूसहितका अन्य प्रतिवादीहरू रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सर्वोच्च अदालतमा पुनरावेदन गरिएको आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए ।
