- दीप बहादुर बडुवाल (दीपक)
तपाईँलाई थाहा नै छ कि मन जति जोशिलो किन न होस्, तर यदि तपाईँ साठी वर्ष पुगी सके पछि पनि आफूलाई फुर्तिलो र शक्तिशाली सम्झिनु हुन्छ भने यो तपाईँको भ्रम मात्र हो । वास्तवमा बुढेसकालको साथ शरीर त्यति बलियो र फुर्तिलो हुँदैन । तपाईँको शरीर ओरालोमा हुन्छ, जस कारण हड्डीहरू र जोर्नीहरू कमजोर हुँदै जान्छन्, तर कहिलेकाहीँ दिमागले “यो काम त मैले चुट्कीमा गर्न सक्छु” भन्ने भ्रमलाई कायम राख्छ । तर छिट्टै सत्य बाहिर आउँछ तर एउटा घाटाको रूपमा ।
ज्येष्ठ नागरिक भएपछि कुन कुन कुराहरूमा ध्यान पुर्याउनु पर्ने हुन्छ, त्यसबारे हजुरबुवाले दिएका केही सुझावहरू म यहाँ राख्दै छु, जुन तपाईँको जीवनमा धेरै काम लाग्नेछन् :-
१) धोका तब मात्र हुन्छ जब दिमागले सोच्छ कि म यो “गर्न सक्छु” तर शरीरले “भ्याउँदैन” । परिणाम एक दुर्घटना र शारीरिक क्षतिको रूपमा देखा पर्छ । यो क्षति फ्रयाक्चरदेखि टाउकोमा चोट (हेड इंज्यूरी) सम्म हुन सक्छ । कहिलेकाहीँ त यो धेरै घातक हुन पुग्छ । तसर्थ, जो कसैलाई पनि हतार हतारमा काम गर्ने बानी छ, उनीहरूले आफ्नो यो बानी तुरुन्त बदल्न आवश्यक छ । भ्रम न पाल्नुहोस्, सावधान हुनुहोस् किनकि अब तपाईँ पहिलाको जस्तो फुर्तिलो हुनुहुन्न । एउटा सानो चूक कहिलेकाहीँ ठुलो क्षति निम्त्याउन सक्छ ।
२) बिहान सुतेर उठ्ने बित्तिकै ओछ्यान छोडेर न उभिनुहोस्, किनभने आँखा त खुल्छन्, तर शरीरमा रगतको प्रवाह पूर्ण सचेत अवस्थामा भई सकेको हुँदैन । त्यसैले पहिला केही मिनेटको लागि ओछ्यानमा बस्नुहोस् र पूर्ण रूपमा सचेत हुनुहोस् । बसेको अवस्थामा नै चप्पलहरूलाई लगाउने प्रयास गर्नुहोस् र उभिने बेला, टेबल वा कुनै भित्ताको सहायताले उठ्ने प्रयास गर्नुहोस् । प्राय: यही समय हुन्छ डगमगाएर लड्ने ।
३) सबैभन्दा बढी लड्ने घटनाहरू बाथरुम / वाशरूम वा शौचालयमा हुने गर्दछन् । कोही पनि व्यक्ति चाहे त्यो अविवाहित होस् , जीवनसाथीसँग होस् वा संयुक्त परिवारमा होस्, उ बाथरुममा एक्लै हुने गर्दछ । यदि तपाईँ घरमा एक्लै हुनुहुन्छ भने बढी सावधान हुनुहोस् किनकि यदि खस्ने क्रममा उठ्न सक्नु भएन भने, ढोका तोडेर मात्र तपाईँकहाँ मद्दत पुग्न सक्छ, त्यो पनि तब, जब तपाईँले छिमेकीसम्म समयमै जानकारी पठाउन सक्नु भयो भने । याद राख्नुहोस् कि बाथरुममा पनि मोबाइल तपाईँसँग हुनुपर्दछ जसले गर्दा समयमा काम लाग्न सकोस् ।
४) सधैँ मूल (देशी) शौचालयको सट्टा यूरोपियन कमोड शौचालय प्रयोग गर्नुहोस् । यदि छैन भने, यसलाई समयमै बदल्नुहोस्, यो गर्नु आवश्यक छ, यदि अहिले सम्भव छैन भने, केही समय पछि गर्नुहोस् तर अवश्य गर्नुहोस् । यदि सम्भव छ भने, कमोडको नजिक एउटा ह्यान्डल लगाउनुहोस् । कमजोरीको अवस्थामा, यसलाई समातेर उठ्न सजिलो हुन्छ । बजारमा प्लास्टिक भ्याक्युम ह्यान्डलहरू पनि उपलब्ध छन्, जसलाई शौचालयको टाईल्सहरुमा अथवा चिल्लो सतहमा सजिलै चिप्काउन सकिन्छ, तर प्रयोग गर्नु अघि तिनीहरूलाई राम्रो सँग तानेर चेकजाँच गरिहाल्नुहोस् ।
५) नुहाउँदा सधैँ अलि अग्लो स्टुलमा बसेर नुहाउनुहोस् । बाथरुमको भुईँमा रबरको चटाई राख्ने गर्नुहोस् ताकि चिप्लिएर लड्न बाट बच्न सकियोस् ।
६) भिजेको हातले टाइलहरू लागेको भित्ताको समर्थन कहिले पनि नलिनुहोस्, हात चिप्लिँदै तपाईँ असन्तुलित भएर खस्न/लड्न सक्नुहुन्छ ।
७) बाथरुमको बाहिर कपासको म्याट राख्नुहोस् जसले भिजेको खुट्टाहरूबाट पानी सुकाउँछ । केही सेकेन्डको लागि यसमा उभिनुहोस्, र त्यसपछि आफ्नो खुट्टा सतहमा ध्यानपूर्वक राख्नुहोस् ।
८) अन्डरगारमेंट्स होस् वा कुनै अरू लुगाहरू तपाईँ आफ्नो चेन्जरूम वा बेडरूममा मात्र लगाउनुहोस् । अन्डरवेयर, पायजामा, वा प्यान्ट कहिल्यै पनि उभिएर न लगाउनुहोस् । सधैँ पर्खालको सहायताले वा बसेर नै लुगा भित्र खुट्टा हाल्नुहोस्, त्यसपछि उभिएर लगाउनुहोस्, अन्यथा दुर्घटना हुन सक्छ ।
९) तपाईँको दैनिक आवश्यकताका वस्तुहरूलाई निश्चित ठाउँमा राख्ने बानी बसाल्नुहोस्, ताकि तिनीहरूलाई सजिलैसँग लिन वा खोजी गर्न सकियोस् । यदि तपाईँलाई भुल्ने बानी छ भने, आवश्यक चीजहरूको सूची टेबल वा भित्तामा टाँसेर राख्नुहोस्, घरबाट निस्किँदा यसलाई ध्यान दिनुहोस्, यो सजिलो हुनेछ ।
१०) औषधिहरू जुन दैनिक लिनु पर्ने हुन्छ, तिनीहरूलाई प्लास्टिक प्लानरमा राख्नुहोस्, जसमा जोडिएको डिब्बाहरूमा औषधीहरू एक हप्ताको लागि वा दिन वारको हिसाबले राखिएको हुन्छ । औषधि लिइयो वा बिर्सियो भन्ने कुरामा अक्सर भ्रम हुने गर्दछ । प्लानरबाट औषधी खानमा कुनै गल्ती हुँदैन ।
११) भर्याङ बाट तल माथि गर्दा, सक्षम भए पनि सधैँ रेलिङको सहारा लिनुहोस्, विशेष गरी स्वचालित भर्याङहरूमा । सधैँ दिमागमा राख्नुहोस् कि तपाईँको शरीर अब तपाईँको दिमागको ‘आज्ञाकारी सेवक’ छैन ।
१२) बुढ्यौलीमा, कुनै काम जुन तपाईँ सधैँ गर्ने गर्नुहुन्थ्यो रोकिनु हुँदैन । कमसेकम आफूसँग सम्बन्धित काम आफै गर्नुहोस् ।
१३) बिहान घरबाट बाहिर निस्किने, पार्कमा जाने बानी छोड्नुहोस्, सानो व्यायाम पनि गरिरहनुहोस् । अन्यथा तपाईँ योग र व्यायामबाट टाढा हुनुहुनेछ र शरीरका अंगहरूको क्रियाशीलता र लोच घट्दै जानेछ । प्रत्येक मौसममा केही योग-प्राणायाम अवश्य गर्दै रहनुहोस् ।
१४) घर वा बाहिर हुकुम चलाउने बानी अब छोड्नुहोस् । आफ्नो पानी, खाना, औषधिहरू आफै लिने गर्नुहोस् ताकि शरीर सक्रिय रही रहोस् । अरूको मद्दत धेरै आवश्यक परेको बेलामा मात्र लिनुपर्दछ ।
१५) यदि घरमा साना बच्चाहरू छन् भने उनीहरूसँग बढी समय खर्च गर्नुहोस्, तर उनीहरूमाझ बढी हस्तक्षेप नगर्नुहोस् । तिनीहरूलाई प्रेमले सिकाउनुहोस् । दिमागमा राख्नुहोस् कि अब तपाईँले अरू सँग समायोजन गर्नु छ न कि अरूले तपाईँ सँग । यो समायोजनका लागि चाहे त्यो ठुलो परिवार होस् , सानो परिवार होस्, पति/ पत्नी, मित्र होस् , छिमेकी वा समाज, सबैका लागि सधैँ एउटा आधारभूत मन्त्र प्रयोग गर्नुहोस् :-
क) ‘चर्को’ अर्थात् नुन । खानाको स्वाद नियन्त्रण गर्नुहोस् ।
ख) ‘झर्को’ अर्थात् चिन्ता । कुनै प्रकारको चिन्ता न लिनुहोस् ।
ग) ‘अर्को’ (उदाहरण को लागी को आयो, को गयो, के गर्दै छ) अर्काको बारेमा आफ्नो हस्तक्षेप कम गर्नुहोस् ।
चर्को, झर्को र अर्कोको यो मूल मन्त्र जीवनमा लागू गर्दैमा “वृद्धावस्था” ईश्वरको वरदान साबित हुनेछ, तपाईँमाथि प्रभुको आशिष् हुनेछ जुन धेरै कम मानिसहरूले उपभोग गर्न पाउँछन् ।
बुझ्नुहोस् तपाईँ कति भाग्यशाली हुनुहुन्छ । कृपया यो सन्देश तपाईँको घरका वरिष्ठ सदस्यहरू, आफन्तहरू, छिमेकहरूमा पठाउनुहोस् ।