काठमाडौँ । गोरखा-१ को जारी मतगणनामा रास्वपाका उम्मेदवार सुदन गुरुङले फराकिलो मतान्तरसहित अग्रता लिएका छन् ।
गुरुङले २४ हजार ५१ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी काँग्रेसका प्रेमकुमार खत्रीले १३ हजार ५११ मत मात्र ल्याएका छन् ।
त्यस्तै, नेकपाका हरिराज अधिकारीले १० हजार २३१ र एमालेका रामचन्द्र लामिछानेले तीन हजार ८० मत प्राप्त गरेका छन् । गोरखा २ मा हिजै रास्वपाका महामन्त्रीसमेत रहेका कवीन्द्र बुर्लाकोटी फराकिलो मतान्तरसहित विजयी भइसकेका छन् ।