
काठमाडौँ ।कृषि विकास बैंक लि.ले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत असोज २२ गते (बुधबार) आयोजित एक कार्यक्रमका बीच किर्तिपुर नगरपालिकालाई पॉच थान कम्प्यूटर र प्रिन्टर सहयोग स्वरुप हस्तान्तरण गरेको छ ।
गत असोज २४ गते भएको संकटबाट उठ्दै सेवा प्रवाहमा लम्केकाे नगरपालिका कार्यालयलाई सेवा सुचारू गर्न सहज तुल्याउने उद्देश्यले बैंकका उपमहाप्रबन्धक प्रताप सुवेदीद्वारा नगर प्रमुख कृष्णमान डंगोललाई बुधबार एक कार्यक्रमका बीच सो सामग्री हस्तान्तरण गर्नुभएको हो ।
कार्यक्रममा बैंकका उपमहाप्रबन्धक सुशील हुमागाईं, विभागीय प्रमुख बीना शर्मा,वागमती प्रदेशका निर्देशक चन्द्र सिंह थापा, किर्तिपुर शाखाका प्रबन्धक नारायण लाल श्रेष्ठ लगायत कीर्तिपुर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत टंकलाल गैरे र नगरपालिकाका विभिन्न कर्मचारीहरुको सहभागिता रहेको थियो ।