काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले बागमती प्रदेशबाट प्रतिनिधित्व गर्ने प्रतिनिधि सभा सदस्यहरूसँग छलफल गरेका छन्।
छलफलमा प्रदेशका सांसदहरू र प्रधानमन्त्रीबीच विकास आयोजना, सेवा प्रवाह र संघ-प्रदेश समन्वयसँग सम्बन्धित विषयमा विचार विमर्श भएको बताइएको छ।
बैठकमा बागमती प्रदेशका प्राथमिकता, स्थानीय तहसँगको समन्वय तथा आगामी नीति तथा कार्यक्रम कार्यान्वयनका विषयमा सुझाव आदान-प्रदान गरिएको जनाइएको छ।