धादिङ – धादिङबाट करिब २ सय ८६ किलो गाँजा सहित दुई जना पक्राउ परेका छन् । जिल्लाको गजुरी गाउँपालिका–१ गजुरी बजारस्थित सडकबाट करिब २ सय ८६ किलो ४ सय ग्राम गाँजासहित २ जनालाई गएराति प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा नीलकण्ठ नगरपालिका–८ बस्ने २२ वर्षीय अम्मर विक र सिद्धलेक गाउँपालिका–५ बस्ने १९ वर्षीय होमबहादुर विक रहेका छन् ।
इलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरीले आदमघाटबाट गजुरीतर्फ आउँदै गरेको बा.५ ख ७५३७ नम्बरको गाडी तलासी गर्दा ढालामा त्रिपालले छोपेर राखेको ९ वटा बोराबाट उक्त परिमाणको गाँजा फेला पारी चालक अम्मर र गाडीमा सवार होमलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।