काबुल – पूर्वी अफगानिस्तानको परवान प्रान्तमा शनिबार घरको छत खस्दा एउटै परिवारका ८ जनाको मृत्यु हुनुका साथै अर्को एक जना घाइते भएको प्रान्तीय प्रहरी प्रवक्ता फजल रहिम मुस्किनियारले बताएका छन् ।
स्यागिरड जिल्लामा भारी वर्षाका कारण घरको छत खस्दा दुर्घटना भएको अधिकारीले बताएका छन् । यसअघि काबुलको बागरामी क्षेत्रमा यस्तै दुर्घटनामा हुँदा एउटै परिवारका ८ जनाको ज्यान जानुका साथै एक बालक घाइते भएको जनाइएको थियो ।
अफगानिस्तानमा विगत दुई हप्तामा बाढी घटनाहरुका कारण १४८ जनाको मृत्यु हुनुका साथै २०० भन्दा बढी घाइते भएको बताइएको छ ।