काठमाडौं – सत्तारुढ दल रास्वपाले पार्टीका सांसद र केन्द्रीय सदस्यहरूलाई अनावश्यक रुपमा सिंहदरबार भिड गर्न नजाने निर्देशन दिएको छ। आज बसेको संसदीय दलको बैठकले यस्तो निर्देशन दिएको प्रवक्ता मनिष झाले बताए।
उनले भने, ‘अनावश्यक रूपमा मन्त्रिपरिषद्को कार्यालयहरूमा, मन्त्रालयहरूमा अनावश्यक रूपमा कार्यकर्ता, पार्टीका तर्फबाट रहेका केन्द्रीय सदस्य र सांसदको अनावश्यक उपस्थिति, अनावश्यक भिडभाडहरू नगर्नु भन्ने निर्देशन छ।’
बैठकले आजको दिनदेखि एक जना केन्द्रीय सदस्य र एक जना सांसद हरेक दिन जनसम्पर्कको लागि केन्द्रीय कार्यालय उपस्थित हुने निर्णय गरेको समेत बताए।