काठमाडौँ । प्रि-ओपन सेसनमा नेप्से परिसूचक आज साढे ६ अंकले बढेर बन्द भएको छ। यो समयमा नेप्से परिसूचक ६.५२ अंकले बढेर २८५७.७६ विन्दुमा पुगेको छ।
यो समयमा ६४ वटा स्क्रिप्सको ५ हजार ३०५ कित्ता सेयर ३३ लाख २९ हजार १९५ रुपैयाँमा खरिदबिक्री भएका छन् ।
कारोबारमा आएकामध्ये ३४ वटा स्टक्सको मूल्य बढ्दा १८ वटाको घटेको छ । बाँकी ९ वटा स्टक्सको मूल्य यो समयमा स्थिर रहेको छ ।