काठमाडौँ । उपसभामुखको निर्वाचन आज हुदैछ । आज दिउसो ४ बजे बस्ने प्रतिनिधि सभाको बैठकले उपसभामुखको चयन गर्ने कार्यसूची रहेको छ ।
उपसभामुख पदका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद सरस्वती लामा र श्रम संस्कृति पार्टीकी सांसद रुवी कुमारी ठाकुरबीच प्रतिस्पर्धा हुने भएको छ।उम्मेदवारी दर्ता बिहीबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्मको समयमा संघीय संसद् सचिवालयमा गरिएको थियो।
रुवी कुमारीको उम्मेदवारीमा आर्यन राई प्रस्तावक र अशोककुमार चौधरी तथा अम्बिकादेवी निरौला समर्थकका रूपमा रहेका छन्।
यस्तै, सरस्वती लामाको उम्मेदवारीमा ज्ञानेन्द्र शाही प्रस्तावक र खुश्वु ओली, ताहिर अलि र भरत गिरी समर्थकको रूपमा रहेका छन्।