काठमाडौं । संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने भएको छ । चैत २४ गतेको मन्त्रिपरिषद्को सिफारिसअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले दुवै सदनको अधिवेशन अन्त्य गरेका हुन् ।
राष्ट्रपति कार्यालयका अनुसार अधिवेशन अन्त्य शुक्रबार राति १२ बजेदेखि लागू हुनेछ ।
राष्ट्रपति रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८२/१२/२४ को सिफारिसमा संवत् २०८२ साल चैत २७ गते शुक्रबार राती १२:०० बजेदेखि लागू हुने गरी संघीय संसदको दुवै सदनको चालु अधिवेशन अन्त्य गर्नुभएको छ’ राष्ट्रपति कार्यालयको पत्रमा उल्लेख छ ।