काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रतिनिधि सभाका पूर्व सभामुख कृष्ण बहादुर महरा, त्रिभुवन विमानस्थल भन्सार कार्यालयका तत्कालीन प्रमुख भन्सार प्रशासक अरुण पोखरेलसहित २८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगले आज विद्युतीय चुरोट (भेप) प्रयोग गरी सुन तस्करी गरिएको प्रकरणमा पूर्वसभामुख महरा तत्कालीन प्रमुख भन्सार प्रशासक पोखरेलसहित २८ जनाविरुद्ध विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । अख्तियारले 7 करोड ७८ लाख विगो माग दाबी गरेको छ ।
उक्त मुद्दामा डेक्स्टर ट्राभल्स एण्ड टुर्स प्रा. लि. विरुद्ध पनि सार्वजनिक सम्पत्ति हानि नोक्सानी पुर्याई भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरिएको छ ।


