काठमाडौँ। पूर्वगृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सिफारिस गर्ने सरकारको निर्णयविरुद्ध दायर गरिएको रिट सर्वोच्च अदालतले खारेज गरेको छ।
बुधबार बसेको कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल, न्यायाधीशहरू कुमार रेग्मी, हरिप्रसाद फुयाँल, मनोजकुमार शर्मा र नहकुल सुवेदीको संवैधानिक इजलासले उक्त रिट खारेज गर्ने निर्णय गरेको हो।
चैत ५ गते अधिवक्ता मनिषकुमार श्रेष्ठसहित दुई जनाले गृहमन्त्री अर्याललाई गरिएको सिफारिसविरुद्ध रिट दायर गरेका थिए।
राष्ट्रिय सभा सदस्यमा अर्यालको सिफारिस राष्ट्रपति रामचन्द्र पौडेलले (होल्ड) गरेका थिए। यस सिफारिसको निर्णय मन्त्रिपरिषद्को चैत १ गतेको बैठकले अनुमोदन गरेको थियो।