काठमाडौँ । आजको मन्त्रिपरिषद् बैठकमा पेट्रोलियम पदार्थसम्बन्धी विशेष निर्णय हुन सक्ने संकेत गरिएको छ ।
प्रधानमन्त्री वालेन्द्र शाह(बालेन)ले बोलाएको मन्त्रिपरिषद् बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सुरु भएको छ ।
बैठकमा पेट्रोलियम पदार्थको मूल्य, आपूर्ति व्यवस्थापन तथा सम्बन्धित नीतिगत विषयमा निर्णय हुन सक्ने बताइएको छ । साथै अन्य समसामयिक विषयहरूमा पनि छलफल भइरहेको जनाइएको छ ।