काठमाडौँ– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नयाँ शैक्षिक सत्र सुरु भएपछि मात्रै विद्यार्थी भर्ना गर्न विद्यालयहरुलाई निर्देशन दिएको छ ।
मन्त्रालयले एक विज्ञप्तिमार्फत केही संस्थागत विद्यालयले कानुनी व्यवस्था विपरीत अग्रिम रूपमा विद्यार्थी भर्ना गरी भारी शुल्क असुल्ने गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै नयाँ शैक्षिक सत्र सुरु भएपछि मात्रै विद्यार्थी भर्ना गर्न निर्देशन दिएको हो।
मन्त्रालयले अभिभावकहरुबाट कानुन विपरित असुल गरिएको भर्ना शुल्क फिर्ता गराउने कानुनी प्रक्रिया अगाडि बढाउन सम्बन्धित सबै स्थानीय तहलाई अनुरोध समेत गरेको छ ।
तोकिएको समयभित्र शुल्क फिर्ता नगर्ने विद्यालयलाई प्रचलित कानुन बमोजिम कारवाही हुने जनाइएको छ ।
मन्त्रालयले विद्यालय सञ्चालन जस्तो जिम्मेवार र गरिमामय क्षेत्रमा यस्ता गैरकानुनी गतिविधि अशोभनीय मात्र नभई दण्डनीयसमेत हुने भन्दै सबै विद्यालयलाई सचेत रहन आग्रह गरे।