काठमाडौँ – स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य स्थिर रहेको छ । सुनचाँदीको मूल्य भने गत बिहीबारदेखि नै स्थिर छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु दुई लाख ९४ हजार कायम भएको छ । त्यस्तै चाँदीको मूल्य रु चार हजार ८३० कायम भएको छ ।
गत शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला रु दुई लाख ९४ हजार चाँदीको मूल्य प्रति तोला रु चार हजार ८३० कायम भएको थियो ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ६७६ र त्यति नै परिमाणको चाँदी ७३ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।