काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र राप्रपाका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीबीच भेटवार्ता भएको छ। लामिछाने निवास पुगेर शाहीले आज भेट गरेका हुन्।
उनीहरूबीचमा प्रतिनिधि सभाको उपसभामुखबारे छलफल जनाइएको छ। राप्रपाकी सांसद खुस्बु वलीलाई उपसभामुख बन्ने चर्चा छ। त्यसो त कांग्रेस, नेकपा र श्रम संस्कृति पार्टीले पनि दाबी गरिरहेको छ।
लामिछानेसँग भेट भएको फोटो फेसबुकमा राख्दै एकजुट भएर देश बनाउने महाअभियानमा अघि बढिरहेको बताएका छन्।
उनले भनेका छन्, ‘विगतका दुःखहरूले हामीलाई कमजोर होइन, दृढ बनाएको छ। त्यसैले आज हामी एकजुट भएर देश बनाउने महाअभियानमा अघि बढिरहेका छौँ।’