काठमाडौँ– प्रहरीले त्रिभुवन विमानस्थल क्षेत्रबाट १८ जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी पवन भट्टराईले विमानस्थल क्षेत्रमा यात्रुलाई दुःख दिने १८ जनालाई गएराति पक्राउ गरिएको जानकारी दिए ।
पक्राउ पर्नेमा सिन्धुलीका राजकुमार राई, सर्लाहीका सूर्य माझी, मकवानपुरका मंगलमान घलान, विश्व मोक्तान, अजय लामा, बाँकेका एकेश तामाङ, पाँचथरका प्रेमकुमार मगर, खगेन्द्र लिम्बू, मोरङका आशिष खतिवडा, धनुषाका वीरेन्द्र झा र सिरहाका लडा मिया रहेका छन् ।
यस्तै, मोरङका पर्शुराम राई, धनुषाका रघुवीर साह, महोत्तरीका सरोजकुमार महतो, रामेछापका सन्तु तामाङ, बझाङका रामप्रसाद जोशी र विमलराज जोशी छन्।
एसपी भट्टराईका अनुसार उनीहरुले विमानस्थल क्षेत्रमा यात्रुहरुलाई जबरजस्ती तान्ने, प्रलोभनमा पारी आफ्नो सम्पर्कको होटलमा लगिदिने, होटल तथा यात्रुबाट कमिसन लिने, यात्रुसँग अभद्र व्यवहार गर्ने गरेको आरोप छ ।