काठमाडौँ – नेपाली कांग्रेसले सभामुख पदमा उम्मेदवारी नदिने निर्णय गरेको छ । शुक्रबार बसेको नेपाली कांग्रेसका शीर्ष नेता बैठकले सो निर्णय गरेको हो ।
सभामुख पदमा उम्मेदवारी नदिने निर्णय भएको सो पार्टीका प्रवक्ता देवराज चालिसेले जानकारी दिए।
उनले भने, ‘जनमतको सम्मान गर्दै शीर्ष नेताको बैठकले सभामुख पदमा उम्मेदवारी नदिने निर्णय गरेको छ ।’