काठमाडौँ । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान भइरहेका व्यवसायी दिपक भट्ट पक्राउ परेका छन् ।
अध्यागमन विभागले उनको पासपोर्ट रोक्का गरेसँगै विदेश आवत-जावतमा निगरानी बढाइएको अवस्थामा उनलाई नियन्त्रणमा लिइएको प्रशासन विशेष स्रोतले जानकारी दिएको छ । विभागले सम्पत्ति शुद्धीकरण विभागको पत्रका आधारमा मंगलबारदेखि उनको राहदानी रोक्का गरेको थियो ।
स्रोतका अनुसार भट्टमाथि अवैध सम्पत्ति आर्जन तथा राजस्व छलीसम्बन्धी आरोपमा अनुसन्धान भइरहेको छ । पासपोर्ट रोक्का गरिएपछि उनी विदेश जान नपाउने व्यवस्था गरिएको थियो ।
भट्टलाई निगरानी सूचीमा राखिएको र आवश्यक परेमा नियन्त्रणमा लिने तयारी गरिएको थियो । सोही प्रक्रियाअनुसार उनलाई पक्राउ गरिएको जनाइएको छ ।