काठमाडौँ -अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको सैन्य शक्ति क्षिण हुँदै गएको र धेरैजसो नेताहरुसमेत मरिसकेको बताएका छन् ।
उनले ह्वाइट हाउसमा इरान युद्धबारे प्रतिक्रिया दिँदै इरानको नौसेना सकिएको, वायुसेना ध्वस्त भएको र धेरैजसो नेता मरिसकेका बताएका हुन् ।
उनले इरान आणविक हतियार विकासमा लागिरहेको र लक्ष्य नजिक भएकाले आक्रमण आवश्यक भएको दाबी गरे । ‘इरान युद्धको उद्देश्य पूरा हुने नजिक पुगेको थियो,’ उनले भने, ‘हामी इजरायल र हाम्रा अन्य मध्यपूर्व सहयोगीहरू, जस्तै साउदी अरेबिया, बहराइन, कतार, कुवेत र युएईलाई उनीहरूको समर्थनको लागि धन्यवाद दिन्छौँ ।’
ट्रम्पले विगत ४७ वर्षमा, इरान वा यसका सरकार समर्थक समूहहरूले धेरै आतंकवादी हमला र अन्य कार्यहरू गरेको बताए । उनले इरानी शासनलाई ‘हत्यारा’को संज्ञा दिँदै त्यस्ता नेताहरूलाई आणविक हतियार प्राप्त गर्न अनुमति दिन नसकिने दोहोर्याए ।