काठमाडौँ – नेपाल साफ यू-२० च्याम्पियनसिप फुटबलको सेमिफाइनलबाट बाहिरिएको छ । बुधबार भएको सेमिफाइनलमा बंगलादेशसँग १-० ले पराजित हुँदै नेपाल फेरिपनि स्तब्ध बन्यो । गत संस्करणको सेमिफाइनलमा पनि नेपाल बंगलादेशसँग पराजित भएको थियो ।
सेमिफाइनलमा बंगलादेशको जितमा १०औं मिनेटमा एमडी मानिकले गरेको गोल निर्णायक बन्यो । नेपालले गोल गर्ने अवसरहरू सिर्जना गरे पनि गोल गर्न सकेन । बंगलादेशले अब उपाधिका लागि भारत र भुटानबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।
उमेर समूहमा नेपालले दुई र बंगलादेशले एक-एक पटक उपाधि जितेका छन् । तर पछिल्ला संस्करणहरुमा बंगलादेश नेपालका लागि चुनौती बन्दै आएको थियो ।