काठमाडौं -एक महिलाको चरित्र हत्या गरेको आरोपमा रेस्लर भगवती खड्का पक्राउ परेकी छन्।
साइबर ब्यूरोका प्रवक्ता एसपी दिलीपकुमार गिरीका अनुसार उनलाई शान्तिनगर क्षेत्रबाट नियन्त्रणमा लिइएको हो। खड्काविरुद्ध साइबर अपराधसम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट चार दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको छ।
प्रहरीका अनुसार उनले सामाजिक सञ्जालमार्फत एक महिलाको चरित्रमा आघात पुग्ने सामग्री सार्वजनिक गरेकी थिइन्। पीडित महिलाले साइबर ब्यूरोमा उजुरी दिएपछि उनलाई पक्राउ गरिएको हो।