काठमाडौँ । नेकपा एमालेका नेता गोकुल बास्कोटाले विधिको शासन, कानुनी राज्य र मानवअधिकारको पालना गर्न सरकारलाई सुझाव दिएका छन् ।
बास्कोटाले फेसबुकमार्फत बालेन्द्र साह (बालेन) नेतृत्वको सरकारप्रति लक्षित गर्दै यस्तो सुझाव दिएका हुन् ।
घण्ट बजाएर मात्र नहुने भन्दै उनले विधिको शासन, कानुनी राज्य, मानव अधिकार अनि बच्चा, बुढापाका र महिलाप्रति नेपाली संस्कारको पनि पालना गर्न सुझाव दिएका हुन् ।
उनले जो कोहीमाथि छानबिन गर्दा आग्रह र पूर्वाग्रहले नभई कानुनी तथ्यहरूका आधारमा गर्नुपर्ने बताएका छन् ।