काठमाडौँ । सरकारले संविधान संशोधनसम्बन्धी बहसलाई संस्थागत ढंगले अघि बढाउन कार्यदल गठन गर्ने निर्णय गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले संघीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूको सहभागिता रहने गरी कार्यदल गठन गर्ने निर्णय गरेको हो।
सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलका अनुसार उक्त कार्यदलको संयोजकत्व प्रधानमन्त्रीका राजनीतिक सल्लाहकारले गर्ने व्यवस्था मिलाइनेछ।
कार्यदलले संविधान संशोधनका विषयमा व्यापक छलफलका लागि बहस पत्र तयार गर्नेछ ।