काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई बन्दी प्रत्यक्षीकरणमा छोड्न अदालतले अस्वीकार गरेको छ । सर्वोच्चले सरकारका नाममा कारण देखाऊ आदेश मात्रै जारी गरेको छ ।
सर्वोच्चका न्यायाधीश मेघराज पोखरेलको एकल इजलासले कारण देखाऊ आदेश दिएको हो । ओलीलाई गैरकानूनी थुनामा राखिएको भन्दै पत्नी राधिकाले बन्दी प्रत्यक्षीकरणको रिट हालेकी थिइन् ।
अदालतले आज नछोडेपछि ओलीलाई हिरासतमै राखेर प्रहरीले अनुसन्धान गर्न सक्ने भएको छ ।