काठमाडौँ । सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई थुनामुक्त गर्न माग गर्दै दर्ता भएको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै छ ।
गैर कानुनी रूपमा थुनामा राखिएको भन्दै रिहाइको माग गर्दै दर्ता भएको पूर्व प्रधानमन्त्री ओलीको रिट सर्वोच्च अदालतका न्यायाधीश मेघराज पोखरेलको इजलासमा पेसी तोकिएको छ ।
ओलीलाई शनिवार पक्राउ गरेपछि आइतबार ओलीका तर्फबाट राधिका शाक्यले निवेदन दर्ता गराएकी थिइन्। यसै गरी गैर कानुनी रूपमा थुनामा राखिएको भन्दै रिहाइको माग गर्दै दर्ता भएको पूर्व गृहमन्त्री लेखकको रिट सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीको इजलासमा पेसी तोकिएको हो। पक्राउ गरेपछि आइतबार लेखकका तर्फबाट यशोधा लेखकले निवेदन दर्ता गराएकी थिइन्।