काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग सम्बन्धित मुद्दामा संशोधन गर्ने निर्णयविरुद्ध दायर रिट पूर्ण इजलासमा सुनुवाइ हुने भएको छ।
सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्मा र अब्दुल अजीज मुसलमानको संयुक्त इजलासमा प्रारम्भिक सुनुवाइ भएको थियो।
सुनुवाइपछि अदालतले रिटको बहस पूर्ण इजलासमा अघि बढाउने निर्णय गरेको सर्वोच्च प्रशासनले जानकारी दिएको छ।