काठमाडौँ । नेपाली काँग्रेसका नेता एवं पूर्वगृहमन्त्री रमेश लेखकलाई म्याद थपका लागि सरकारी वकिल कार्यालयमा ल्याइएको छ । भदौ २३ र २४ गतेको घटना छानबिनका लागि पक्राउ गरिएका पूर्वगृहमन्त्री लेखकलाई आज प्रहरीले सरकारी वकिल कार्यालयमा ल्याएको हो ।
शनिबार भक्तपुरको कटुन्जेस्थित निवासबाट प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो ।
गत भदौ २३–२४ गते जेनजेडको प्रदर्शन हिंसात्मक बन्दा तीन जना प्रहरीसहित ७६ जनाको मृत्यु भएको थियो ।
सो घटनाबारे छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री लेखकसहित जिम्मेवार पदमा रहेका व्यक्तिहरूलाई दोषी ठहर्याउँदै कारबाही सिफारिस गरेको थियो ।