नेपाली कांग्रेसको भातृसंगठन नेपाल तरुण दलले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकको गिरफ्तारी राजनीतिक प्रतिशोध र पूर्वाग्रह भएको ठहर गरेको छ ।
शनिबार विज्ञप्ती जारी गर्दै तरुण दलले उक्त पक्राउप्रति घोर भर्त्सना गरेको छ। एकपक्षीय र दुराशयपूर्ण कदमहरुले लोकतान्त्रिक मूल्य र विधिको शासनमाथि ठाडो प्रहार गरेको भन्दै तरुण दलले देशलाई अनावश्यक द्धन्द र अस्थिरतातर्फ धकेल्ने गम्भीर घटना उत्पन्न भएको बताएको छ ।
राष्ट्रलाई अस्थितरतातर्फ लैजाने कुनै पनि गतिविधिको तरुण दलले सशक्त विरोध गर्ने प्रतिबद्धता जनाएको छ।
