काठमाडौँ । पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीको निवासमा ठूलो संख्यामा प्रहरी टोली पुगेको छ।नयाँ सरकार गठन भएसँगै उनलाई पक्राउ गर्ने उद्देश्यले प्रहरी त्यहाँ पुगेको बताइएको छ।
भदौ २३ र २४ मा भएका घटनाबारे छानबिन गर्न गठित समितिको प्रतिवेदनले ओलीमाथि कारबाही गर्न सिफारिस गरेको थियो।
भक्तपुरको गुण्डुस्थित उनको निवासमा रातभर नेता तथा कार्यकर्ताहरूको भीड लागेको थियो।