काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले पूजापाठ सम्पन्न गरी बालुवाटारस्थित सरकारी निवासमा प्रवेश गरेका छन् ।
प्रधानमन्त्री नियुक्तिपछि औपचारिक रूपमा सरकारी निवासमा बसाइ सर्ने क्रममा उनले पूजापाठ गरेका हुन् । पूजापाठपश्चात् उनी बालुवाटारस्थित प्रधानमन्त्री निवासमा प्रवेश गरेका छन् ।
नवनियुक्त प्रधानमन्त्री शाहले सिंहदरबारमा पदभार ग्रहण गरेसँगै प्रशासनिक कामकाज अघि बढाइसकेका छन् ।