काठमाडौँ । सम्पर्कविहीन मुस्ताङ एयरको हेलिकप्टर सुरक्षित फेला परेको छ ।
शुक्रबार मध्याह्नदेखि सम्पर्कविहीन उक्त हेलिकप्टर दोलखाको लाप्चामा सुरक्षित फेला परेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । उक्त हेलिकप्टर क्याप्टेन सुरज थापाले उडाएका थिए ।
दोलखाको लाप्चा क्षेत्र लाङटाङको दक्षिण-पूर्वमा पर्छ । लाप्चा आइपुगेपछि हेलिकप्टर आज सम्पर्कविहीन भएको थियो । क्याप्टेन थापाले उडाएको हेलिकप्टरमा पाँच यात्रु थिए ।