काठमाडौँ। बालेन्द्र साह (बालेन) नेतृत्वको सरकार गठनसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मन्त्रिपरिषद् गठनका लागि मुख्य मन्त्रालयमा रहने मन्त्रीहरूको नाम टुंग्याएको छ ।
अर्थमन्त्रीमा स्वर्णिम वाग्ले, परराष्ट्र मन्त्रीमा शिशिर खनाल, ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रीमा विराजभक्त श्रेष्ठ र गृहमन्त्रीमा सुदन गुरुङको नाम टुंगो लागेको स्रोतले जनाएको छ ।
यस्तै, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा अमरेश कुमार सिंह, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीमा सोबिता गौतम, स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा निशा मेहता, भौतिक पूर्वाधार तथा यातायात मन्त्रीमा सुनिल लम्साल तथा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीमा सीता वादीको नाम तय गरिएको स्रोतले जनाएको छ ।
यसैगरी, प्रतिभा रावललाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिने विषयमा सहमति नजिक पुगेको बताइएको छ । यद्यपि, उनलाई कृषि तथा पशुपन्छी विकास मन्त्रालय दिने विषयमा पनि समानान्तर छलफल भइरहेको स्रोतले जनाएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले बालेन्द्र शाहलाई प्रधानमन्त्रीमा नियुक्त गरिसकेका छन् ।