काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले १९१ दिनको कार्यकाल सम्पन्न गर्दै बिहीबार गृह मन्त्रालयबाट औपचारिक रूपमा बिदा भएका छन्।
नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरिसकेको र नयाँ सरकार गठनको प्रक्रिया अघि बढिरहेको सन्दर्भमा उनले जिम्मेवारी हस्तान्तरण गरेका हुन्।
मन्त्रालयमा आयोजित बिदाइ कार्यक्रममा बोल्दै अर्यालले आफ्नो कार्यकालमा शान्ति सुरक्षा अवस्थाको सुदृढीकरण, सुशासन प्रवर्द्धन तथा निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्नु प्रमुख उपलब्धिका रूपमा उल्लेख गरेका छन्।
उनका अनुसार निर्वाचन हुने/नहुने भन्ने अन्योलबीच प्रशासनिक संयोजन र सुरक्षा व्यवस्थापनलाई प्रभावकारी बनाउँदै निर्धारित समयमै हिंसारहित निर्वाचन सम्पन्न गरिएको थियो।