काठमाडौं- साताको अन्तिम कारोबार दिन बिहीबार आज नेप्से परिसूचक १४.२१ बढेर २९५०.१६ बिन्दुमा पुगेको छ।
आजको कारोबारमा ३ सय ४३ कम्पनीको ३ करोड ३ लाख ३८ हजार ३ सय १५ कित्ता सेयर १ लाख ४२ हजार ७ सय ३४ पटक किनबेच हुँदा १३ अर्ब १६ करोड २२ लाख ९९ हजार १७ रुपैयाँको कारोबार भएको छ।
आज सेन्सेटिभ इण्डेक्स शुन्य दशमलव ३९, फ्लोट इण्डेक्स शुन्य दशमलव ५१ प्रतिशत, र सेन्सेटिभ फ्लोट इण्डेक्स शुन्य दशमलव ४२ प्रतिशतले बढेको छ।
रिलायन्स स्पिनिङ मिल्स, सुपर खुदी हाइड्रोपावर, होटल फरेस्ट इन लिमिटेड, सोलु हाइड्रोपावर कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।
कारोबार रकमका सबैभन्दा धेरै एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको ९४ करोड २९ लाख ८० हजार, एसवाई प्यानल नेपाल लिमिटेडकम्पनीको ७१ करोड २९ लाख ५० हजार रुपैयाँबराबरको सेयर कारोबार भएको छ।
१३ उपसमूहमध्ये यस दिन ९ उपसमूहको परिसूचक बढेको छ भने ३ उपसमूहको परिसूचक घटेको छ। जलविद्युत् समूह सबैभन्दा धेरै १.५६ प्रतिशत बढेकाे छ। त्यस्तै बैंकिङ ०.३७, फाइनान्स ०.१७, होटल तथा पर्यटन ०.८१, उत्पादन तथा प्रशोधन १.५०, माइक्रोफाइनान्स ०.२०, निर्जीवन बीमा ०.४३ तथा अन्य समूह ०.६५ प्रतिशत बढेकाे छ। त्यसैगरि, व्यापार २.८४ प्रतिशत र जीवन बीमा ०.०४ र विकास बैंक ०.०५ प्रतिशत घटेकाे छ।
गएको साता समग्रमा ५६.५६ अंकले बढेको सेयर बजारमा यो साता पहिलो कारोबारदेखि नै उछाल आएको छ। थियो यो साता सेयर बजार ७३ अंकले बढेको छ। साताको पहिलो करोबार दिन आईतबार ५४.५१ अंकले बढेको बजार दोस्रो कारोबार दिन ५.०१ अंक, तेस्रो कारोबार दिन २३.८३ अंकले बढेको छ। भने चाैथाे काराेबारमा २४.४५ अंकले घटेकाे थियाे।
नयाँ सरकार आउने तयारी भइरहँदा पुँजी बजारमा लगानीकर्ताहरू विश्वस्त देखिन थालेका छन्। लामो समयदेखि स्थिर रहेको बजारमा निर्वाचनको नतिजाले नयाँ गति लियो। विशेषगरी पुराना दलहरूको विकल्पमा नयाँ शक्तिलाई प्राप्त म्यान्डेटले देशको आर्थिक संरचनामा सुधार र सुशासन आउने अपेक्षामा लगानीकर्ताहरू हौसिएका छन्।